धरान, १० मङ्सिर २०७६ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै सरगर्मी समेत बढ्न थालेको छ । धरान उपमहानरपालिकामा मेयरपदका लागि निर्वाचन हुँदै छ ।
सोही क्रममा पुर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्री सहित पुर्व माओबादीका १ सय भन्दा बढि स्थानिय कार्यकर्ताहरु बुधवार नेपाली कांग्रेस प्रवेश गरेका थिए र त्यसको भोलीपल्ट नै धरान–१७ बाट करिब ५० भन्दा बढी पुर्व माओबादीका स्थानिय कार्यकर्ता सहित १ सय कांग्रेसमा प्रवेश गरेका छन ।
१७ नं वडाको डांडा घोपाका पुर्व माओबादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकाशका अध्यक्ष पुर्व माओवादीका नेता इन्द्रबहादुर राई, माओबादीका पुर्व लडाकू समेत रहेका माओबादी निकट अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सुर्यबहादुर तामाङको नेत्रित्वमा विभिन्न टोलबाट युवा सहित पाका उमेरका वडाबासी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
एक साता भित्र मात्रै धरान १३, धरान १७ र धरान १७ कै पटनाली , धरानको भानुचौकबाट पुर्व माओवादीका सयौं कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए । उनिहरुलाई फरक फरक कार्यक्रममा मेयरका उम्मेद्वार तिलक राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीमा प्रवेश गराएका थिए ।








































