Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:३९ दिउँसो
- ADVERTISEMENT -

भारतीय विस्तारबाद बिरुद्ध विरोध प्रदर्शन जारी

प्रकाशित मिति: २०७६ मंसिर १०, मंगलबार

842
Shares

बुटवल, १० मङ्सिर २०७६ । नेपाल राष्ट्रिय मगर संघले भारतीय विस्तारबाद तथा दुई तिहाई सरकारको मौंनताका बिरुद्ध रुपन्देहीको सैनामैनामा बिरोध प्रर्दशन गरेको छ ।

बिरोध प्रर्दशन सैनामैनाको मुर्गिया बजार परिक्रमा गरी लुम्बिनी गेट अगाडी कोणसभामा परिणत भएको थियो । सयौंको संख्यामा उत्रिएका नेपाली कांग्रेसका नेता कार्यकर्ताले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्नु हुदै कांग्रेस नेता चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताउनु भयो । उहाले भारतले देशको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रोराष्ट्रवाद उदाङ्गो भएको बताउनु भयो ।

देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउँन सक्ने कम्युनिष्टले अहिले लिपुलेक, कालापानी , लिम्यिाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसक्ने उहाको दाबी थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा खटाउँनु पर्ने बताउनु भएको छ । भारतले आफ्नो नक्सा नसच्चाउँदा र नेपाली भूमिबाट सेना र्फिता नगर्दा सम्म आफुहरुको बिरोध प्रर्दशन जारी रहने बताउँदै उहाले सरकारले सिमा समस्या सामाधानको लागि छिटो पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

सविंधानसभाका पुर्व सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले सबै राजनीतिक दलले सीमाको समस्या कुटनीतिक पहलबाट हुनु पर्ने भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दुखद भएको बताउनु भयो। नेपाली कांग्रेस नगर सभापति रामप्रसाद अधिकारीले ओली सरकारले देशमा मुल्य बृद्धि गराएर नेपाली जनताको डाढ सेक्ने काम मात्र गर्न सकेको आरोप लगाउनु भयो ।

नेपाल राष्ट्रिय मगर संघ रुपन्देही जिल्ला सभापति मिलन थापा मगरले संघलाई कुनै पनि विस्तारवाद,अधिनायकवाद सैय नहुने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -