Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३८:१३ बिहान
- ADVERTISEMENT -

प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश विजी विजयी (सुची सहित )

प्रकाशित मिति: २०७६ मंसिर ९, सोमबार

1246
Shares

पोखरा, २०७६ साल मङ्सिर ९ गते सोमबार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश विजी विजयी हुनुभएको छ ।  उहाँले प्रतिश्पर्धी विष्णु खत्रीलाई झिनो मत अन्तरले पराजित गरी विजयी हुन सफल हुनु भएको हो ।

विजीले ५८४ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिश्पर्धी खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियो ।  खत्री यसअघिको निर्वाचनमा पनि पराजित हुनुभएको थियो । उहाँलाई नेकपा निकट दोहोरी कलाकारहरुले आफ्नो उम्मेदवारको रुपमा प्रचार गरेपछि नकारात्मक असर परेको बताइएको छ ।

स्पष्ट राजनीतिक प्रभाव नदेखिएको प्रतिष्ठानमा राजनीतिक चलखेल गर्न खोजेको भन्दै खत्रीलाई पार्टीगत उम्मेदबारका रुपमा उठाउनेहरुको आलोचना भएको थियो । गत स्थानीय तहको निर्वाचनमा खत्री नेकपा माओवादीको तर्फबाट उम्मेदबारका लागि सिफारिस हुनुभएको थियो ।

पोखरामा भएको सातौँ महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुको पनि मतपरिणाम सार्वजनिक भएको छ । प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो ।

मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी हुनुभएको छ ।

त्यसैगरी, सात खुल्ला सचिवमा १३ जनाको उम्मेदवारी परेकोमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र वि क, हरि डाँगी, प्रचण्ड जि सी, बसन्त थापा र पुस्कर शर्मा निर्वाचित हुन सफल हुनु भएको हो ।

त्यसैगरी, केन्द्रीय सदस्यहरुको पनि मत परिणाम सार्वजनिक भएको छ । प्रतिष्ठानमा महिला सात, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचनमा प्रतिश्पर्धा गरेको सवै उम्मेदवारहरुको नामावली र उनीहरुले प्राप्त गरेको मत परिणामसहितको सूची पनि यसैसाथ संलग्न छ । यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहनु भएको छ ।

त्यसैगरी महासचिवमा सुवास केसी नै दोहोरिनु भएको छ भने उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको महाधिवेशनका लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -