गोरखा, ८ मंसिर २०७६ । गोरखामा नेकपा परित्याग गरी आज नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न ।

गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ ताकुमाझ लाकुरीबोटका २५ जना भन्दा बढि सक्रिय जुझारू युवाहरू एक कार्यक्रमका बिच नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

गोरखा छेत्र न २ प्रदेश ख का माननीय संसद प्रकश चन्द्र दवाडीले नब प्रबेशी सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु हुँदै समृद्ध समाज निर्माणको अभियानमा संगै हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । साथै समाजमा रहेको बिकृति, बिसङ्गति र खराव संस्कारलाई विस्थापित गर्न तपाईहरूको अभियानमा म सधै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।









































