Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:०४ बिहान
- ADVERTISEMENT -

घट्टबाटै झिलिमिली

प्रकाशित मिति: २०७६ मंसिर ८, आइतबार

982
Shares

काभ्रे, ८ मङ्सिर २०७६ । राजधानीसँगै जोडिएको काभ्रे जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् । बिजुलीको आन्तरिक खपत बढाउने विकल्पको विषयमा अहिले चर्चा भइरहँदा यी दुई गाउँपालिकामा भने बिजुलीको उपयोगबाटै आर्थिक क्रियाकलाप बढिरहेका छन् । बिजुलीको सीमित पहुँचका बीच पनि स्थानीय खुसी छन् ।

काभे्रकै तेमाल गाउँपालिकाका केही बस्तीमा पनि व्यवस्थित विद्युतीकरण भइसकेको छैन तर पनि बिजुलीको अभाव भने छैन ।

परम्परागत तर स्थानीय आवश्यकता पूर्ति गर्नसक्ने घट्ट यी गाउँलाई उज्यालो बनाउने सस्तो र भरपर्दा माध्यम बनेका छन् । यी तीनवटै गाउँपालिकामा घट्टबाटै बिजुली आपूर्ति हुँदै आएको छ, त्यो पनि एक दशकअघि देखि नै । बाँकी केही ठाउँमा बिजुली बाल्न यतिबेला स्थानीय सहयोगको खोजीमा छन् । अहिलेसम्म जिल्ला घट्टधनी सङ्घमार्फत यी गाउँमा सुधारिएको घट्टमार्फत विद्युत् उत्पादन गरिएको हो । घट्टधनी सङ्घ काभे्रका अध्यक्ष शिवशरण श्रेष्ठले काभे्रका विकट गाउँमा १५ वटा घट्टबाट विद्युतीकरण गरिएको बताउनुभयो । जिल्लाभर ६३ किलोवाट विद्युत् घट्टमार्फत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसमध्ये सबैभन्दा बढी खानीखोला गाउँपालिकामा ५१ किलोवाट विद्युत् उत्पादन भएको छ । महाभारत गाउँपालिकामा आठ किलोवाट र तेमाल गाउँपालिकामा ३।५ किलोवाट विद्युत् घट्टबाटै उत्पादन गरिएको छ । खानीखोला गाउँपालिकाको सल्धारा, फलामेटार र साल्मेचाकलका १२ वटा घट्टबाट विद्युत् उत्पादन गरिएको छ । महाभारत गाउँपालिकाको गोकुले र फोक्सिङटारका दुई घट्टबाट र तेमाल गाउँपालिकाको मेच्छेमा एक घट्टबाट विद्युत् उत्पादन भएको छ । सङ्घका अनुसार खानीखोला गाउँपालिकाका ५६५ घरधुरी घट्टबाट उत्पादित बिजुलीबाट लाभान्वित छन् । त्यस्तै महाभारतका ८७ घरधुरी र तेमाल गाउँपालिकाका ३५ घरधुरीले यसको उपयोग गरिरहेका छन् । जिल्लाभर ६३ किलोवाट विद्युत् उत्पादन गर्न एक करोड ८९ लाख रुपियाँ लागेको सङ्घले जनाएको छ । विद्युत् उत्पादनका लागि केही विदेशी संस्थासहित तत्कालीन जिविस, गाविस र सांसद विकास कोषको रकमसमेत उपयोग भएको थियो ।

खानीखोला गाउँपालिका ६ नारायणखोला पिको हाइड्रो विद्युतीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर लामाका अनुसार बिजुलीको कल्पना नै नगरेका यहाँका बासिन्दा घट्टमार्फत बिजुली बाल्न पाउँदा निकै खुसी छन् । ‘बत्ती आएपछि यहाँका बासिन्दाको जीवन नै फेरिएको छ’ उहाँले फोनमा भन्नुभयो ‘चिरानी, पिसानीदेखि सिलाइकटाइसमेत बिजुलीको प्रयोगबाटै हुन थालेको छ ।’

घट्टबाट बिजुली उत्पादनको परियोजनामा संलग्न ग्रामीण प्रविधि केन्द्र ललितपुरका वरिष्ठ निर्देशक डा। पुरुषोत्तम श्रेष्ठले यस क्षेत्रमा घट्टबाट बिजुली उत्पादन गर्नसक्ने धेरै सम्भावना रहेको बताउनुभयो ।

स्थानीय उपभोक्ताले यसको मर्मत सम्भारका लागि निश्चित रकम तोकेर मासिक रूपमा उठाउँदै आएका छन् । यद्यपि उक्त रकम अपर्याप्त छ । स्रोतको अभावमा घट्ट बन्द हुनसक्ने चिन्ता भने रहेको सङ्घका अध्यक्ष श्रेष्ठको छ । काभे्र जिल्लामा मात्र एक हजार १२० पानी घट्ट छन्, जसमा ८४५ सुधारिएका पानी घट्ट छन् । १२० घट्टमा धान, तेल, चिउरा, मसला, स–मिल, काठ चिरानीसमेत हुँदै आएको सङ्घले जनाएको छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -