बहराइन, २०७६ साल मङ्सिर ७ गते शनिबार । नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति बहराइनको आयोजनामा सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । “ह्याङला ग्योई ह्याङलान काअी, जम्बुलिङरिन छार्ना लाअी” २८५६ जिवा (नाम्यु / मुसा बर्ग) ल्हो सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम २०२० हुन लागेको हो ।
“ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन २००९ मा मध्यपुर्वी एसिया बहराइन राष्ट्रमा स्थापित बहराइनबासी तामाङहरुको साझा संगठन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि बहराइनबासी नेपालीहरु माझ मंजुश्री सम्बद २८५६ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम, नेपाल बाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित तामाङ कलाकारहरु र स्थानिय उत्कृष्ट कलाकारहरुको साथमा भब्य रुपमा मनाउन लागिएको आयोजकले जानकारी दिएको छ ।
उक्त बृहत् सांस्कृतिक कार्यक्रमका आकर्षणमा चर्चित सेलो गायिका जितु लोप्चन, सेलो गायक प्रयास दोङ, म्हेन्दो माया गायिका टीका माया चोथेन आउनु हुने भएको छ । त्यसैगरी, साउदीबाट अतिथी कलाकारहरु म्हेन्दोमाया गायक रोम लामा, म्हेन्दोमाया गायक आर बि लामाका साथमा वैदिक पुजापाठ तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने छ ।
बिगतका बर्षहरुमा झै यस वर्ष पनि सोनाम ल्होछारको अवसरमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम सभ्य तथा भब्य रुपमा सफलता पुर्बक सम्पन्न गर्नका लागि बहराइनमा स्थापित सम्पूर्ण सामाजिक संघ-संस्था, संगठन, उधोग ब्यबसायी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले हार्दिक आमन्त्रण गर्दछ ।
उक्त कार्यक्रम २४ जनवरी २०२० शुक्रबारका दिन डेल्मोन इन्टरनेशन होटल मानमा बेलुका ठिक ६ बजेदेखि कार्यक्रम सुरु हुनुको साथै सबैलाई सजिलोको निमित्त कार्यक्रम स्थलसम्म बहराइनको विभिन्न क्षेत्रबाट नि-शुल्क यातायातको ब्यबस्था रहेको छ ।








































