Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०७:३४ बिहान
- ADVERTISEMENT -

सुर्य अवार्डका लागि जापानमा कलाकारको लर्को

प्रकाशित मिति: २०७६ मंसिर ७, शनिबार

2347
Shares

टोकियो, ७ मङ्सिर २०७६ । दोश्रो सुर्य इन्टरनेशनल अवार्ड – २०१९को लागि जापानमा कलाकारको लर्कोनै लागेको छ । उनिहरु जापान आई पुगेका छन्। यसै विच अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

जापानमा सबैभन्दा बढि कलाकारहरु उपस्थित भएर हुन लागेको कार्यक्रम यो ऐतिहासिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कलाकारहरुलाई नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको छ। उक्त अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ( हैट), सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ५३ जनाको टोलीको उपस्थिति रहने छ ।

उक्त दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड- २०१९ टोकियोको नाकानो जिरो हलमा आउँदो आईतवार नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुने छ । कार्यक्रमका लागि आयोजक पक्षले डिपेण्डेन भिषाका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको उक्त अवार्ड कार्यक्रममा प्रबन्ध निर्देशक शम्भु लामिछानेले जानकारी दिए। साथै उनले जापानमा रहेका नेपालीहरुलाई उक्त ऐतिहाशिक कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् ।

उक्त अवार्ड द्वारा जापानिजहरुलाई नेपालको कला संस्कृतिको वारेमा जानकारी गराउदै नेपाल भ्रमणका लागि उत्प्रेरित गरिने सुर्य ईन्टरनेशनल अवार्डका निर्देशक एवं प्रमुख वासुदेव लामिछानेले बताउनु भयो ।

अवार्डसँगै भोली पल्ट क्रुज पार्टी , नेपालको कला संस्कृति एवं नेपाल वारे नेपाली र जापनिज विच वृहत अन्तरक्रिया कार्यक्रम लगायतका अन्य विभिन्न कार्यक्रमहरु हुने बताइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -