Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:२१ बिहान
- ADVERTISEMENT -

सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी नदोहोरिन प्रचण्डको उद्घोष

प्रकाशित मिति: २०७६ मंसिर ६, शुक्रबार

786
Shares

काठमाडौं, ६ मङ्सिर २०७६ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले द्वन्द्वपीडितको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पुराना पदाधिकारी दोहोर्‍याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पारे ।

प्रचण्डले पीडितको चाहना र सरोकारवाला निकायको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने  अडान पनि राखे । उनले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भीर ठहयाइएका घटनामा संलग्नहरूलाई माफी दिन नमिल्ने पनि बताए । समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष प्रचण्ड को भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -