काठमाडौँ, ५ मङ्सिर २०७६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लगानीको सुरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राजधानीमा आजबाट सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले भने,‘लगानीका लागि उपयुक्त र अनुकुल समय छ,लगानीको सुरक्षण गर्न सरकार प्रतिबद्ध छ,’
उनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको बताउँदै बताए। उनले भने,’ ‘आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता बढ्दै गएको छ ।’उनले उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकाले भारत र बंगलादेशको बजार खोज्नुपरेको बताए ।
‘उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकोले भारत र बंगालादेशको बजार खोजी गर्नु परेको हो,’ ‘नेपालमा जलविद्युतको अपार सम्भावना रहेको सन्दर्भ जोड्दै उनले भने, ‘बिजुली भारत, बंगलादेश पठाउन सके दिगो आर्थिक विकासको लक्ष्य पूरा हुन सक्छ ।’
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा भारत, बंगालादेश, भुटानका मन्त्रीसहित ७ सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।








































