काठमाडौं, ३ मंसिर २०७६ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले महिनौंदेखि मन्त्रिमण्डल फेरबदल गर्ने हल्लाले मन्त्रालयको कार्यसम्पादनमा असर परेको बताउनु भएको छ ।
नेता थापाले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू, मन्त्रीहरुलाई नअल्मलाउनुहोस् ।’
नेता थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो । तर मन्त्रिमण्डल चलाउने महिनौंदेखिको हल्लाले ती मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होला ? यो जनचासोको विषय हो ।’
युवा नेता थापाले जे गर्ने हो ? छिटो गर्न पनि सुझाउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘त्यसैले प्रमज्यू, जे गर्ने हो छिटो निर्णय गर्नुहोस् । नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस् ।








































