काठमाडौँ, २ मङ्सिर २०७६ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ ।

ने बि संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो । प्रहरी हस्तक्षेपका क्रममा प्रहरीले ने वि संघका २१ नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सोही भूमि तत्काल फिर्ता लिन माग गर्दै ने वि संघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनाेज राना, प्रशान्त लामिछाने, महेश्वर पाैडेल, जगदिश थापा, ईश्वर थापा, धुर्व अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशाेक क्षेत्री महानगरीय प्रहरी वृत बालाजुमा थुनामा राखेको छ ।








































