हापुरे, २ मङ्सिर २०७६ । नेकपाका उम्मेदवार रेश्मा डाँगीको नेतृत्वमा २ सय १५ जना नेपाली कांग्रेसमा पार्टी प्रबेश गरेका छन् । केशब आचार्यको संघर्ष र शालिनताका कारण जित शुनिश्चित रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
आइतबार पश्चिम दाङको बबई गाउँपालिकाका विभिन्न ठाँउमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने नेताहरुले विभिन्न आन्दोलनको नेतृत्वकर्ता आचार्यको जित नै निष्ठाको राजनीतिको जित हुने दावी गर्नु भयो ।
चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्यक्तित्व आचार्यको जित नै दंगालीहरुको जित हुने बताउनु भयो ।
पूर्वमन्त्री गिरीले पश्चिम दाङको विकाश कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै गत निर्वाचनमा कांग्रेस पराजित हुँदा पश्चिम दाङबासीलाई ठूलो क्षति भएको जिकिर गर्नु भयो ।
त्यसैगरी, कार्यक्रमका अर्का बक्ता तथा पूर्वमन्त्री सन्जय गौतमले कांग्रेस उम्मेदवार आचार्य लोकतान्त्रिक आन्दोलनका एक धरोहर भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गौतमले कम्युनिष्टका कारण मुलुकको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत भएको टिप्पणी गर्नुभयो । कम्युनिष्ट सरकारको अन्यायका बिरुद्ध दाङको समृद्धिका लागि नेपाली कांग्रेको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले अपिल समेत गर्नु भयो ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले आफु र नेपाली कांग्रेसलाई विश्वास गर्न अपिल गर्दै अमुल्य मतदान गरि विजयी गराउन आग्रह गर्नु भयो । कम्युनिष्ट सरकार लर्बराउन लागेको भन्दै खबरदारीका लागि पनि यसपटक नेपाली कांग्रेसले जित्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
बबई गाउँपालिकाका सभापति बलबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले कम्युनिष्टको ज्यादती बिरुद्ध खबरदारी गर्न केशव आचार्यको जित अनिवार्य रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा संविधानसभा सदस्यहरु बुद्धिराम भण्डारी, पूर्व सांसद गेहेन्द्र गिरी, महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, युवा नेता सुरेश हमाल, महिला नेतृ देबिका नेपाली, तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा २ सय १५ जना कांग्रेसमा पार्टी प्रबेश गरेका थिए । कार्यक्रम वडा ईकाइ सभापति अम्बर भण्डारीको अध्यक्षतामा भएको हो ।








































