गोरखा, २ मङ्सिर २०७६ । गोरखाको सिरानचोक गाउँपालिका– ७ उपल्लो गोहोरेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा २ सय ५९ जनाले स्वास्थ्य उपचार गराएका छन् ।
शिविरमा स्त्री, दन्त रोग, हाडजोर्नी, दम र बिभिन्न रोगको उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा बरिष्ठ हाडजोर्नी विषेशज्ञ डाक्टर इन्द्रबहादुर नापित सहितको १२ जनाको टोलीले उपचार प्रदान गरेका थिए ।

सिरानचोक गाउँपालिका ७ वडा कार्यालय, श्रीनाथकोट स्वास्थ्य चौकी, सिर्जनशील ग्रामीण युवा समाज र स्थानीय महिला समुहको संयोजन र आनन्दबन हस्पिटल प्रालिको आयोजना शिविर भएको स्थानीय बिनोद पाण्डेले जानकारी दिनुभयो । रिच द नेशन नेपाल मिनिस्ट्रीको सहयोगमा शिविर भएको हो ।









































