भक्तपुर, १ मंसिर २०७६ । मंसिर १४ मा हुने उपनिर्वाचनका लागी नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार बनेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया भँडेलको ८४ बर्षको उमेरमा उपचारका क्रममा आइतवार विहान मध्यपुर थिमी अस्पतालमा निधन भएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले आजको निधारित च. न. पा. ७ बागेश्वरीको चुनावी घरदैलो कार्यक्रम हाललाई स्थगित गरिएको भक्तपुर कांग्रेसले जनाएको छ ।
उक्त चुनावी सभालाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले समेत सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम रहेको थियो ।








































