काठमाडौं, २९ कात्तिक २०७६ । सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरेको छ ।
चिसो बढे सगै जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रितहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको कम्पनीले जनाएको छ ।
सोही अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोहबिच हस्तान्तरण गर्नु भएको हो ।









































