काठमाडौं, २८ कात्तिक २०७६ । भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणमा संलग्न ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ ।
भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको चितवन प्रहरी जनाएको छ ।
गत कार्तिक १९ गते पक्राउ परेको चालक पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेर अनुसन्धान भइरहेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । यो कसूरमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ ।पक्राउ परेका पोखरेल तीन महिनायता महानगरपालिकाको चालकमा जागिरे रहेको पत्ता लागेको छ ।
भ्रष्टाचारविरोधी अभियन्ता शाहीमाथि गत असोज ११ गते चितवनमा आक्रमण भएको थियो ।








































