Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:३५ बिहान
- ADVERTISEMENT -

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक भिडियो

प्रकाशित मिति: २०७६ कात्तिक २७, बुधबार

941
Shares

काठमाडौं, २७ कात्तिक २०७६ । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर,  निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा पत्रकार धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकोले उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने,‘कमलाको गलामा अद्भुद क्षमता छ, उनको सांगितिक तथा शैक्षिक यात्रालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको पनि सुनाए ।

उनले भने,‘कलमाको गीत सबैले रुचाउनुभएको छ, यसलाई माया गर्नुपर्छ । यो गीतलाई तीन करोड नेपालीसामू पुर्याउनको लागि आफूले मिडियामार्फत कुनै कसर बाँकी नराख्नेसमेत धमलाले विश्वास दिलाए । कमलालाई अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिक रुपमा सहयोग गरिरहेकी छिन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराईदिनुभएको छ। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिँगे टिम खुशी छ ।’–उनले भने ।

कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा।ली।को लगानीमा बजारमा आएको हो । कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य समेत गरेका छन् । शङ्कर बिसीको निर्देशन रहेको भिडियोको छायाङ्कन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन् । भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -