Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:५१:५१ बेलुका
- ADVERTISEMENT -

१७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता हुदै

प्रकाशित मिति: २०७६ कात्तिक २५, सोमबार

678
Shares

काठमाडौं, २५ कात्तिक २०७६ । लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलाको संरक्षण र नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल हस्तकला महासङ्घले आउँदो मङ्सिर १२ देखि १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मङ्सिर १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने उक्त मेलामा २०० कक्ष तथा आठ प्याभिलियन कक्ष रहने र भारत, श्रीलङ्का, बङ्गलादेशसहित विभिन्न मुलुकका व्यापारीको कक्ष रहने महासङ्घले जनाएको छ ।

नेपालमा हाल हस्तकला वस्तुको आन्तरिक बजार करीब रु १० अर्ब बरावरको छ । नेपालले तेस्रो मुलुकहरुमा वार्षिक रु १० अर्बभन्दा बढी हस्तकलाको निर्यात गर्दै आएको छ ।

नेपालको विभिन्न भौगोलिक क्षेत्रको वेशभूषा, खानाको परिकार, जातीय पहिचान र संस्कृति झल्किने कार्यक्रमका साथै नेपाल भाषाको दुर्लभ चर्या नृत्य, प्राचीन तथा आधुनिक सङ्गीत प्रस्तुत हुने मेला संयोजक धर्मराज शाक्यले जानकारी दिनुभयो ।

महासङ्घले वि सं २०४८ देखि शुरु गरेको हस्तकला मेलाको प्रमुख उद्देश्य विश्वबजारमा नेपालको निर्यात बजार वृद्धि गर्नु रहेको, हस्तकलाको विकास गर्न सके देशमा धेरै रोजगारीको सिर्जना गर्न सकिने र त्यसका लागि सरकाले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -