तनहुँ, २१ कात्तिक २०७६ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभाका निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको विकासमा देखिने गरि काम गर्ने बताएका छन् ।
जनतासामू बोलेको बचन पुरा गरेरै छाड्ने भन्दै श्रेष्ठले पटक-पटक जनता सामु प्रतिवद्धता गर्दै आएका छन् ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा बुधबारदेखि सुरु भएको चौथो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा उनले यस्तो वताएका हुन् ।
परिषदकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले भने, ” यतिबेला मेरो सबै ध्यान विकासमा लगाएको छु । तपाईहरु साथ दिनुस र धैर्य गर्नुस म देखिने गरि काम गर्छु ।”
उद्घाटन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, महोत्सवका निर्देशक सिद्धान्त थापा, नेपाली काङ्ग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आले, नेकपा नेता मदन आले, गण्डकी प्रदेशका सांसद डोबाटे विक, राम बहादुर गुरुङ, पुर्वमन्त्री शिवलाल थापा मगर, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ लगाएतले बोलेका थिए ।
महोत्सव कार्तिक २० गतेदेखि कार्तिक ३० गतेसम्म संचालन हुनेछ ।








































