रौतहट, १९ कात्तिक २०७६ । बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलमको बयान सकिएर थुनछेक बहस सुरु भएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान केहीअघि सुरू भएको हो । बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस चलेको छ ।
आलमलाई जिल्ला अदालत रौतहटमा जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो ।








































