गोरखा, २०७६ साल कात्तिक १७ गते आइतबार । द लेप्रेसी मिसन नेपाल (आनन्दवन हस्पिटल) को आयोजनामा, रिच द नेशन नेपालको सहयोगमा, सिरानचोक गाउँपालिका वडा नं: ७ स्वास्थ्य चौकी, काठमाडौँ ज्योति चर्च, श्री श्रीजनशील ग्रामीण युवा समाज र समाज सुधार महिला समुहको संयोजनमा दुई दिन नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना हुने भएको छ ।
गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं: ७ साबिक श्रीनाथ कोट गा बि स ५ उपल्लो गोहोरे स्थित श्री श्रीनाथ आधारभुत विधालयको प्राङ्गणमा कात्तिक ३० गते शनिबार र मङ्सिर १ गते आइतबारका दिन २ दिन दाँतको उपचार, स्त्री रोग लगायत अन्य रोगहरुको उपचार गरी औषधी वितरण समेत गरिने बिश्व नाथ पाण्डेले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य शिविरमा उपस्थित भइ मौकाको फाइदा लिनुहुन सम्पूर्णमा अनुरोध गरिन्छ ।









































