Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५२:३४ बिहान
- ADVERTISEMENT -

सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्नेमा जोड

प्रकाशित मिति: २०७६ कात्तिक १६, शनिबार

592
Shares

तनहुँ, १६ कात्तिक २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताउनु भएको छ ।

सभापति देउवाले प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिनु भएको हो । सभापति देउवाले सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने बताउनु भयो । ‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ। कम्युनिस्ट सरकारले राम्रो काम गरोस्।’ सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य कांग्रेसलाई मान्य नहुने बताएका छन् । ‘अहिलेको सरकार कम्युनिस्ट सरकार हो। तर कम्युनिष्ट देश होइन’, उहाले भन्नुभयो । प्रजातन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रविरुद्धमा कांग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताउनु भयो । प्रजातन्त्रको रक्षाका लागि कांग्रेस पछाडि नहट्ने प्रष्ट पार्दै उहाले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बतानु भएको हो । अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुनेमा जोड दिनु भयो ।

‘कांग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले कांग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो’,  कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै कांग्रेस एकजुट भए कसैले पनि हराउन नसक्ने ठोकुवा गर्नुभयो । विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदय हुने उनले ठोकुवा गर्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पोखरेल, प्रदेशसभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, कांग्रेस नेता समुन्द्र गोदार, तनहुँ कांग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व गोवर्द्धनको सिद्धान्त र विचार आजका कांग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्नेमा जोड दिनु भयो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -