Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:३९ बिहान
- ADVERTISEMENT -

उपनिर्वाचनमा कास्की–२ को उम्मेदवारमा नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारीको समेत चर्चा

प्रकाशित मिति: २०७६ कात्तिक १६, शनिबार

1114
Shares

पोखरा, १६ कात्तिक २०७६ । आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचनमा कास्की–२ को उम्मेदवारमा नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारीको समेत चर्चा शुरु भएको छ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधनपश्चात रिक्त पदको लागि हुन गइरहेको उपनिर्वाचनमा नेकपाबाट दिवंगत अधिकारीकी पत्नी विद्या भट्टराईको चर्चा चलिरहँदा कांग्रेसबाट पत्रकारसमेत रहेकी भण्डारीको चर्चा शुरु भएको हो ।

कास्कीका दलहरू यतिबेला उपनिर्वाचनको तयारीमा जुटेका छन् । यस निर्वाचनमा नेकपा र कांग्रेसको मुख्य प्रतिस्पर्धा हुँदैछ । नेकपाले विद्याको नाम सिफारिस गरिरहँदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखि राजनीतिक यात्रा सुरु गरेकी भण्डारी हाल पनि कांग्रेसका विभिन्न भातृ संगठनको नेतृत्व गरिरहेकी छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनितिमा कृयाशिल रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन् । नेविसंघको प्यानलमा सर्वाधिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सक्रिय छन् । पोखरा–१७ निवासी भण्डारी वडादेखि जिल्लाको राजनीतिमा लामो समयदेखि सकृय भएकाले पार्टीले उच्च मूल्याङ्गन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो ।

विगत १९ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल भण्डारी नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य छन् । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कास्कीको उपाध्यक्ष रहेकी भण्डारी महिला पत्रकारहरुको संगठन संचारिका समूहको केन्द्रिय सदस्य पनि हुन् । रेडियो जननीको स्टेशन म्यानेजर रहेकी उनी महिला पत्रकारको नेतृत्व गर्दै आएकी छन् । पर्यटन पत्रकार संघको गण्डकी प्रदेश संयोजक रहेकी उनी नेपाल प्रेस युनियनको केन्द्रिय महिला विभाग सदस्यसमेत हुन् । पत्रकारिता र राजनीतिक फाँटमा संगसंगै कृयाशील रहँदै कास्कीका करिव दुई दर्जन संघ संस्थाको नेतृत्व पनि विमलाले सम्हाल्दै आएकी छन् ।

राजनीतिमै किन ?

सामाजिक अभियन्ताको रुपमा कास्कीमा छुट्टै पहिचान बनाएको नाम हो विमला भण्डारी । भण्डारी राजनैतिक क्षेत्रमा नै किन भन्ने प्रश्न यतिबेला कास्कीमा नचलेको पनि होइन । उनी भन्छिन्, ‘स्ववियु निर्वाचनमा होमिदै गर्दा मेरो मत सर्वाधिक आएको थियो । कांग्रेस पार्टीको विभिन्न भातृ संगठनमा पनि रहेर काम गरेँ । परिवर्तनका लागि राजनितिक नै मुलधार आवश्यक छ । राजनीतिक क्षेत्रमा आएका विकृति र विसंगतिलाई चिर्दै कांग्रेसको गरिमालाई उच्च बनाउन जरुरी छ । राजनीतिविना समाज परिवर्तनको विकल्पै छैन । यसैले उपनिर्वाचनमा होमिने सोच गरेँ ।’

सामाजिकसंगै राजनीतिक नेतृत्वमा पनि महिला सहभागिता न्युन भएकाले निर्वाचनमा होमिने सोच उनको छ । ‘सभ्य भनेकै समाजको समृद्धि हो’ उनी दोहोऱ्याउँछिन्, ‘समाज परिवर्तनको लागि राजनीतिक एउटा माध्यम मात्र हो । यही माध्यमबाटै समृद्धि ल्याउन दलीय उम्मेदवारी दिनुपरेको हो ।’

नेपाल कम्युनिष्ट पार्टीले महिला उम्मेदवार दिने चर्चा चलिरहँदा कांग्रेसले पनि महिला उम्मेदवारको नाम सिफारिस गरेको हो । चुल्होचौकोमा मात्र सीमित रहने महिला अब राजनीतिक नेतृत्व र सत्तामा पुग्न जरुरी रहेको कांग्रेस अगुवाहरू बताउँछन् ।

ज्ञातव्य छ, कास्की कांग्रेसले विमला भण्डारीसहित १६ जनाको नाम सिफारिस गरेको छ भने नेकपाले पनि विद्यासहित तीन जनाको नाम केन्द्रिय समितिमा सिफारिस गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -