काठमाडौं, १५ कात्तिक २०७६ । नेपाली कांग्रेस मुख्यालयमा तनाव भएको छ। सभापति देउवाले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले शुक्रबार पार्टी कार्यालयमा प्रदर्शन गरेको हो ।
बैठकमा सहभागी हुन नेताहरु आउने वित्तिकै उनीहरुले नाराबाजी गरेका थिए। नेवि संघका कार्यकर्ताले ३२ वर्ष मुनिकालाई नै नेविसंघको अध्यक्ष बनाउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
नेविसंघको अवरोधमा सभापति शेरबहादुर देउवाल गायतका नेताहरुलाई कार्यालय छिर्न सकस परेको थियो । कार्यकर्ताले नाराबाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले ‘यो के गरेको’ भन्दै औला ठड्याउदै जंगिएका थिए ।
उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न १ बजे बैठक बस्ने तयारी थियो। पार्टी कार्यालयमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। देउवालाई सुरक्षाकर्मीले घेरा हालेर कार्यालयभित्र प्रवेश गराइएको थिए ।








































