Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:२४ बिहान
- ADVERTISEMENT -

आशन्न उपनिर्वाचनका लागि उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई : नेपाली कांग्रेस

प्रकाशित मिति: २०७६ कात्तिक १५, शुक्रबार

788
Shares

काठमाडौं, १५ कात्तिक २०७६ । नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।

उमेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरिएको जानकारी दिए । उमेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने पनि कांग्रेसले निर्णय गरेको छ ।

प्रवक्ता शर्माकाअनुसार बैठकमा महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसको विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम कार्यसम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, एनपी साउद र महेन्द्र यादवले आ–आप्mनो धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरुको धारणा सुनिसकेपछि सभापति देउवाले केन्द्रीय समिति बैठकमा पदाधिकारीका अलावा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई उमेदवार चयन गर्ने पदाधिकारी बैठकमा आमन्त्रण गरेर छलफल गर्ने जानकारी गराएको शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईलाई उमेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारसम्म उमेदवारको चयन गरिसक्ने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -