Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१४:५० बिहान
- ADVERTISEMENT -

उम्मेदवारको टुङ्गो लगाउँदै काँग्रेस

प्रकाशित मिति: २०७६ कात्तिक १५, शुक्रबार

643
Shares

काठमाडौंँ, १५ कात्तिक २०७६ । नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारको अन्तिम नाम छनोट गर्ने शक्तिशाली निकाय संसदीय बोर्ड नै गठन नगरी उपनिर्वाचनका उम्मेदवारको नाम छनोट गर्ने भएको छ । अघिल्लो निर्वाचनपछि संसदीय बोर्ड विघटन गरिएको थियो ।

बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बसेको केन्द्रीय पदाधिकारीको शीर्ष बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन केन्द्रित भएर छलफल भएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो ।

दुई चरणमा पार्टीले सञ्चालन गरेको जागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिहरूलाई बोलाएर जिल्लाको वस्तुस्थिति र सम्भावित उम्मेदवारका विषयमा छलफल गरिएको छ । शुक्रबार दिउँसो १ः०० बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा संसदीय बोर्ड नभएको अवस्थामा उम्मेदवार छनोट गर्न नीतिगत प्रस्ताव पेस गरिने जानकारी प्रवक्ता शर्माले दिनुभयो ।

केन्द्रीय कार्यसमितिले नीतिगत प्रस्ताव पारित गरेपछि १७ गते बस्ने केन्द्रीय पदाधिकारीको बैठकले उम्मेदवारको टुङ्गो लगाउने तयारी काँग्रेसले गरेको छ । केन्द्रले पार्टीको विधानअनुसार सम्भावित तीन जना उम्मेदवारको नाम पठाउन निर्देशन दिएकोमा विधानविपरीत तीनभन्दा बढीको नाम सिफारिस भएपछि पुनः जिल्ला कार्यसमितिको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक २१ र स्थानीय तहका लागि कात्तिक २७ गते उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।

मङ्सिर १४ मा प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसमेत ४८ गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -