गोरखा, १४ कात्तिक २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिका–८ बोर्लाङ स्थित महादेवछटारमा आज बिहानरुखबाट लडेर एक युवकको ज्यान गएको छ ।
घर नजिकै रहेको रहेको दबदबेको रुखमा घाँस झार्न चढेका भएका अन्दाजी ३७ बषिर्य राम्जी दराई लडेर ज्यान गएकोे वडा सदस्य राजाराम दराईले जानकारी दिनुभयो ।
रुखबाट लडेर उनको घटनास्थलमै ज्यान गएकोे वडासदस्य दराईले बताउनुभयोे । ‘बिहान करिब ९ बजेतिर उनी घासँ काट्न घरबाट निस्कएका रहेछन्, उहाँले भन्नुभयो, ‘घाँस काट्दै गर्दा रुखको हाँगा समेत भाँचिएर भुईमा बजारिन पुग्दा ज्यान गएको होे ।’
पूर्व नेपाली सेनामा कार्यरत दराईको मृत्युले गाँउ नै शोकमा डुबेको छ । घटनाको जानकारी पाए लगत्तै उद्धारका लागि स्थानिय पुगेको भएपनि घटनास्थलमै ज्यान गएको वडासदस्य दराईले जानकारी दिनुभयो ।









































