काठमाडौं, ११ कार्तिक २०७६ । बिगतका बर्षहरु झै यस बर्ष
शुभ दीपावली २०७६ को पावन अबसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।
बनस्थलीको खलिबोट चोकमा भएको देउसी भैलो कार्यक्रममा संस्थाको आजीवन सदस्य, सल्लाहकार, गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश चन्द्र दवाडी लगायत अन्य अतिथि ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा संघिय सांसद माननिय चुडामणि खड्का, प्रदेश सांसद माननीय प्रकाश चन्द्र दवाडी, ब्यवसायी रामहरी श्रेष्ठ, नमुना फर्मा कलङ्की, उमेश दिनेश भट्ट, कान्छा पोख्रेल ,प्रकाश पनेरु लगायत अतिथि, समाजका आजीवन सदस्य, कार्य समिती र सल्लाहकारहरुले देउसी भैलो कार्यक्रममा आर्थिक सहयोग गर्नु भएको थियो ।
देउसीभैलो कार्यक्रमबाट समाजले रु १,५३,३१०।- एक लाख त्रिपन्न हजार तीन सय दस रुपयाँ आर्थिक रुपैयाँ संकलन गर्न सफल भएको थियो ।
कार्यक्रममा ख्याती प्राप्त चर्चित गायक सागर गुरुङ, ओम बहादुर गुरुङ, शितल गुरुङ, सपना मगर, हिरा थापा, जरिना श्रेष्ठ, बिष्णु सुवेदी, भिम देवकोटा, तुल बहादुर थापाले गायन मार्फत भरपुर मनोरञ्जन दिनु भएको थियो ।
समाजले देउसी भैलो कार्यक्रमबाट संकलन भएको नगद बिभिन्न सामाजिक कार्यमा खर्च गर्ने जानकारी महासचिव कृष्ण प्रसाद पनेरुले जानकारी दिनुभयो ।








































