काठमाडौँ, १० कात्तिक २०७६ । तामाङ गितसंगितमा ठेट तामाङ फापरे गित, डम्फुको गित, म्हेन्दोमाया गित, खान्दोकि गितका संग संगै अहिले बजारमा मायाप्रेमलाई आधार बनाएर बनेको तामाङ प्रेमगितहरुको चर्चा छ ।
तामाङ चलचित्रदेखि बिभिन्न एल्बमहरुमा समेत तामाङ प्रेमगित समाबेश गरेको हामिले पाउछौ । त्यसैगरी, तामाङ प्रेमगितहरु गाउने गायक गायिका हरुमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र अहिलेका चर्चित गायिका जितु लोप्चनको नाम अग्र स्थानमा आउछ ।
“तिङ्मि ढुक ढुक” “एदा थुर्ला ङाई” ” जब माया बुजि” “सानु एला मायासे” जस्ता थुप्रै गितका गायक तथा संगितकार बिशाल काल्तान को नयां गित “ङाला मायाला रंग” बोलको गित दर्शक स्रोता माझ आईसकेको छ ।
शब्द संगित, बिशाल काल्तानको रहेको यो गितमा स्वर पनि बिशाल काल्तान कै छ भने गितमा साथ दिएकि छन चर्चित गायिका जितु लोप्चनले दिनु भएको छ ।
जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितमा चर्चित एरेन्जर चाद सिं को एरेन्ज रहेको छ भने दिपेश प्रधानले गितलाई मिक्सिङ गर्नु भएको छ ।
यस गितलाई म्युजिक भिडियो सहित डम्फु मिडिया युट्युब च्यानालले दर्शक स्रोता माझ ल्याएको हो ।
उक्त म्युजिक भिडियोमा मोडल तथा टिकटकमा चिरपरिचित मोडल मिलन थिङ (पाराङ) र अहिलेका चर्चित मोडल याङ्कि दोङ तामाङ्को अभिनय रहेको छ । यस गितको म्युजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक अ्मिर दोङ्ले निर्देशन गरेका छन । रमणीय स्थल मार्खु कुलेखानी र भक्तपुरमा छायाकन गरिएको यस भिडियो मा छ्यांकन तथा सम्पादन भने सुर्य लामाले गर्नु भएको छ ।








































