काठमाडौं, ९ कात्तिक २०७६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले गित गाएकै आधारमा सरकारले गायकहरूलाई पक्राउ गर्नु गलत भएको बताउनु भएको छ ।
मेलम्चीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै सांसद थापाले सरकारले जनताको मुख थुन्न खोजेको आरोप लगाउनु भएको हो ।
“पशुपति शर्माबाट सरकारले आफूसँग असहमति राख्ने गितसंगितमाथि धावा बोल्ने कुरा अहिले अरू दुईजना गायकलाई पक्राउसम्म आयो । भोलि तपाईंको घरआँगनसम्म आइपुग्न सक्छ ।” उहाले भन्नुभयो ।
केही दिनअघि गायक दुर्गेश थापा र भिटेन पक्राउ परेका थिए । सांसद थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकतर्फ लक्षित गर्दै सरकार नागरिकको मुख थुन्न उद्दत रहेको बताउनु भयो ।
त्यसैगरी, सरकारले जे गर्नुपर्ने हो त्यो नगरेको र नगर्नुपर्ने काम जति सबै गरेको भन्दै उहाले आलोचना पनि गर्नुभयो । नेता थापाले
छठपछि संसदमा सरकारले ल्याएका जनविरोधी विधेयकका विरूद्ध लडाइँ सुरू हुनेभन्दै सडकबाट पनि साथ दिन जनतालाई आग्रह गर्नु भएको छ ।







































