Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३७:५८ दिउँसो
- ADVERTISEMENT -

उप–निर्वाचनमा कांग्रेसबाट कुन ठाउबाट कस्को उम्मेदवारी

प्रकाशित मिति: २०७६ कात्तिक ८, शुक्रबार

865
Shares

काठमाडौं, ८ कात्तिक २०७६ । नेपाली कांग्रेसले आगामी १४ मंसिरमा ५२ पदमा हुने उप-निर्वाचनमा उम्मेदवार बनाउनेको नाम सिफारिस गर्न मातहतका संगठनलाई दिएको निर्देशन बमोजिम केन्द्रमा नाम सिफारिस भएर आउन थालेका छन् ।

एक स्थानमा उम्मेदवार बनाउन तीन जनाको नाम सिफारिस गर्न केन्द्रले मातहतका समितिलाई निर्देशन दिएको थियो ।

कांग्रेस केन्द्रिय कार्यालयका अनुसार कांग्रेसको जिल्ला कार्यसमितिबाट बागलुङ २ ‘ख’ र धरान उपमहानगरपालिबाट उम्मेदवारको सिफारिस आइपुगेको छ ।

पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका प्रत्यासीको नाम टुंगो लागेको जानकारी केन्द्रिय कार्यालयलाई गराइएको छ, सिफारिस भने आइनपुगेको कार्यालयका एक कर्मचारीले जानकारी दिनुभयो । कांग्रेस विधानमा प्रदेश उम्मेदवारका लागि क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका नाममा जिल्ला कार्यसमितिले रायसहित नाम केन्द्रलाई पठाउन सक्ने अधिकार दिइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने कास्की क्षेत्र नं २ मा दर्जन बढीले इच्छा देखाएका छन् । निधन भएका पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसेसहित खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण बिजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बरालले इच्छा देखाएकाले जिल्ला कार्यसमितिले निर्णय गरेर केन्द्रमा पठाउन सकेको छैन ।

केन्द्रले तीन नाम सर्वसम्मतिले पठाउन भनेकाले सहमति जुट्न नसकेको जिल्ला कार्यसमितिका एक पदाधिकारीले जानकारी दिनुभयो ।

धरान उप-महानगरका लागि सर्वसहमतिमा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा पराजित तिलक राईलाई पुनः उम्मेदवारमा दोह¥याउने सिफारिस केन्द्रमा आइसकेको छ । राई धरान उपमहानगरका इकाई सभापति हुनुहुन्छ ।

बागलुङ २ ‘ख’ मा जिल्ला कार्यसमितिले केन्द्रमा चार जनाको नाम सिफारिस गरेर पठाएको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले द्रोण कुँवर, कुमारसिंह घर्ति, जीत शेरचन र टेकराज पौडेलको नाम सिफारिस गरेको जानकारी दिनुभयो ।

सिफारिस भएका कुँवर क्षेत्रीय सभापति हुन् भने अन्य महाधिवेशन प्रतिनिधि । गत निर्वाचनमा नेकपाको गठबन्धनबाट विजयी राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्तीको निधन भएको थियो ।  घर्तिका प्रतिस्पर्धी कांग्रेसका  शेरचन थिए ।

दाङ ३ ‘ख’मा क्षेत्रीय कार्यसमितिले नाममा टुंगो लगाउन सकिरहेको छैन । नेकपाबाट प्रदेश ५ का प्रदेशसभा सदस्यमा विजयी अहिले निधन भएका उत्तमकुमार ओलीसंग पराजित बुद्धिराम भण्डारीले भने पुनः उम्मेदवार बन्न इच्छा देखाएका छैनन् ।

तर, भरत केसी, केशव आचार्य, शंकर डांगी र खेम प्रसाद खराललगायतले उम्मेदवार बन्नका लागि लविङ गरिरहेका छन् ।

रिक्त भक्तपुर १ ‘क’ मा कांग्रेसबाट तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थसहित गत निर्वाचनमा पराजित जीवन खत्री, मनोजकुमार थापा, जगन्नाथ कार्की, हरि नेपाल, किरण न्यौपाने, राजाराम खड्का, सुरेश श्रेष्ठ उम्मेदवार बन्न लविङमा लागेकाले सहमति जुट्न नसक्दा केन्द्रमा जिल्ला समितिले नाम पठाउन सकिरहेको छैन ।

पाँचथरस्थित फाल्गुनन्द गाँउपालिकाका अध्यक्षमा वृजहाङ आङदम्वेलाई केन्द्रमा पाँचथर कांग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको छ । संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्षमा इच्छा राख्नेहरु धेरै हुदा केन्द्रमा सिफारिस हुन सकेको छैन् । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्षमा पनि क्षेत्रीय कार्यसमितिले नामावली सिफारिस गर्न धेरैले उम्मेदवारी दावी गर्दा सकिरहेको छैन ।

सिफारिस भएका नामबाट उम्मेदवार छनोट गर्न र उपनिर्वाचनको रणनीति तय गर्न पार्टी केन्द्रको बैठक कार्तिक आव ७ गते बोलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -