काठमाडौं, ७ कात्तिक २०७६ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको बताउनु भएको छ ।
उहाँले सरकारले संसदलाई आफ्नो छाया बनाएको तथा न्यायलय पनि सरकारसँग डराएको बताउनु भयो । ‘नेपालको अदालत सरकारसँग डराएको अवस्था छ । नेपालको संसदलाई सरकारले आफ्नो छाया बनाएको छ, भन्नुभयो ।
काठमाडौंमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले जनताको अधिकारलाई संसद भित्रबाट एक पछि अर्को कानुन बनाएर खोस्दैछ’ ‘नेकपाले देशलाई कम्बोडिया जस्तो बनाउन खोजेको छ, भन्नुभयो ।








































