काठमाडौं, ७ कात्तिक २०७६ । निर्वाचन आयोगले बिहीबार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । आज आयोगले एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो ।
राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।










































