काठमाडाैं, ५ कात्तिक २०७६ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकमा भातृसंस्था, केन्द्रीय विभागसहितका विषयमा छलफल हुनेछ ।
बैठकमा सोमवार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा सभापति देउवासँग भएको कुराकानीका बारेमा पनि छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।
ओली, प्रचण्ड र देउवाबीच सोमबार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल भएको थियो । सोही छलफलमा सतारुढ दलले आयोग गठन सम्बन्धी राखेको प्रस्तावका बारेमा पदाधिकारी बैठकमा छलफल हुने डा। महतले बताए । उनले बैठकमा नेबिसंघको तदर्थ समिति गठनका बिषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।








































