चितवन, ५ कात्तिक २०७६ । सांसद गंगन कुमार थापाले विजयी भएरमात्र नभई सत्तामा बसेर जनताको काम पनि गर्नु पर्ने बताउनु भएको छ । उहाँले नारी शक्ति देशलाई आवश्यक रहेको भन्दै कांग्रेसले महिलालाई पहिलो स्थानमा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विना योजना देश विकासको बाटोमा हिडेको सरकारलाई अध्ययनको आवश्यकता रहेको भन्दै सांसद थापाले दिर्घकालिन सोचका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो : सरकार सिंहदरबारको ढुकुटी भर्न भन्दा रित्याउन लाग्यो, अब पनि यि निरङकुश सरकार विरुद्ध कांग्रेस जाग्न नसके राष्ट्रकै हार हुने छ ।
त्यसैगरी, नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले पार्टीको मनमुटाव र विकृतीलाई मेटाई आत्म शद्ध गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो : नेपाली जनताको दुःख बुझन कांग्रेसको संगठन मजबुत बनाउनु पर्छ ।
उहाँले आगामी निर्वाचनमा जनताको चाहनालाई बहुमतले विजयी गराउन विगतका कमजोरीलाई सुधार्न जरुरी रहेको पनि स्पस्ट पार्नुभएको थियो । सोही कार्यत्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेस प्रतिको जनताको आशालाई विश्वासमा बदल्न कांग्रेस एक जुटभएर लाग्नुको विकल्प नभएको बताउनु भएको छ ।
त्यसैगरी, कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्यनारायण खनालले पनि मन्तव्य राख्नुभएको थियो । सो वडामा रहेका फरक क्षमता भएका ९ जनालाई सम्मान समेत गरेको छ । गैँडाकोट ९ का पार्टी सभापति उमा कुमारी पाण्डेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।








































