काठमाडौँ, ४ कत्तिक २०७६ । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वार्ड न १ घर भइ हाल नागर्जुन-१ रानीबनमा बस्दै आउनु भएका बिदुर बोहोराको एक बर्ष पहिला आन्द्रा, अल्सर अनि फोक्सोमा पानी जमेको कारणले अप्रेसन गरिएको थियो ।
बिगत ३ बर्षदेखि बिरामी हुन भएका बोहोरा अहिले कम्मरको हड्डी खिईएको कारणले गर्दा हिडडुल गर्न नसक्ने आवस्थामा हुनुहुन्छ । अपरेशन भएको एक बर्ष पुरा हुन नपाउदै फेरि खुट्टा नचल्ने भएको समस्याले सताएको छ ।
उपचार गर्नका लागि १२ लाख खर्च लाग्ने भएको कारण उहालाई आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरिदिन हुन अनुरोध गर्दछौ । अब तिहार पछी लगतै बि एण्ड बि हस्पिटलमा भर्ना हुने सिमपानी न्युजलाई जानकारी दिनुभयो । छिटो भन्दा छिटो रकम जम्मा गरी उपचार गराउन डक्टरले सल्लाह दिनुभएको छ ।
आफुसंग भएको सम्पति सबै पहिला अप्रेशन गर्दा सकिएको र हाल आएर खुट्टाको उपचार गर्न आर्थिक अभाब भएको छ । आ-आफ्नो ठाउबाट सम्पुर्ण सहयोगी मनहरुसंग बिदुर बोहोराले सहयोगको अपेक्षा राख्नुभएको छ ।
सहयोग गर्न चाहने मनहरुले उहाँलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
बिदुर बोहोरा
9816649572









































