Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५१:२२ बिहान
- ADVERTISEMENT -

गोर्खालगायत छ जिल्लाका झण्डै २० हजार दलित तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान

प्रकाशित मिति: २०७६ कात्तिक ३, आइतबार

1194
Shares

काठमाडौँ, ३कात्तिक २०७६ । दलित अधिकारकर्मी डा विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्नुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का दलित समुदायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा डा परियारले रु २० हजार राशिको पुरस्कार घोषणा गर्नुभएको हो । सोही अवसरमा डा परियारले आफू अमेरिकामा रहेता  पनि नेपालको दलित आन्दोलन र दलित समुदायको उत्थानका लागि क्रियाशील रहेको बताउनुभयो ।

उहाँले गोर्खालगायत छ जिल्लाका झण्डै २० हजार दलित तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) की संस्थापक अध्यक्ष डा परियार हाल अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार हुनुहुन्छ । संयुक्त राष्टसंघको सीएसडब्लु प्लानिङ कमिटीका साथै एनजिओ मेजर ग्रुपमा क्रियाशील हुनुहुन्छ ।

कार्यक्रममा जातिभेदविरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि रु १० हजार राशिको पुरस्कारको घोषणा गर्नुभएको छ । उहाँले व्यक्तिगतरुपमा सो पुरस्कारको घोषणा गर्नुभएको हो । आफूहरु अमेरिका रहे पनि दलित आन्दोलनभन्दा टाढा नरहेको चर्चा गर्दै बर्माले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नासो कम्युनिटीका संस्थापक अध्यक्ष धर्म विश्वकर्माले दलित समुदायका पत्रकारलाई खोज तथा अनुसन्धानमूलक कार्यक्रम मिडिया ल्याउन आग्रह गर्नुभयो । दलित समुदायका पत्रकार सङ्गठित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरी दलित आन्दोलनमा थप योगदान पु¥याउने उहाँको प्रतिबद्धता छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले राजनीतिक स्वार्थभन्दा माथि उठेर दलित समुदायको चौतर्फी विकासका लागि सङ्घले काम गर्दैै आएको बताउनुभयो । स्थापनाको छोटो समयमै सङ्घ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित भएको उहाँको भनाइ छ । देशभरका झण्डै १५ सय दलित समुदायमा पत्रकारलाई सङ्गठित गरी आन्दोलनलाई थप उचाइमा पु¥याउने अभियानमा सङ्घ लागेको उहाँले जानकारी दिनुभयो ।

परियार र बर्माले घोषणा गरेको पुरस्कारसँगै नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा वितरण गरिने पत्रकारिता पुरस्कारको सङ्ख्या वार्षिक छ पुगेको छ । यसअघि सङ्घले टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार र परशु–सगुरी पत्रकारिता पुरस्कारको स्थापना गरिसकेको छ । ती पुरस्कार वार्षिकरुपमा वितरण गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -