Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५५:१९ बिहान
- ADVERTISEMENT -

आलम पक्राउको विरोधमा कांग्रेसले कुनै आन्दोलन गरेको छैनः रौतहट सभापति

प्रकाशित मिति: २०७६ असोज २८, मंगलबार

1453
Shares

काठमाडौं, २८ असोज २०७६ । नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले प्रतिनिधिसभा सदस्य (सांसद) मोहम्मद अफताव आलम पक्राउको विरोधमा पार्टीले जिल्लामा कुनै प्रकारको आन्दोलन नगरेको दाबी गरेका छन् ।

बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद आलमलाई प्रहरीले पक्राउ गरेपछि आइतबार भने विरोधमा नाराबाजी गरेको उनले स्वीकार गरे ।

आलमलाई प्रहरीले आइतबार बिहान रौतहटको राजपुर नगरपालिकाको इद्रिस चोकबाट पक्राउ गरेपछि कांग्रेसका नेता–कार्यकर्ताहरुले रिहाईको माग गर्दै नारावाजी गरेका थिए ।

तर, सोमबार भने कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताहरु सांसद आलमको रिहाईको माग गर्दै आन्दोलनमा नगएका जिल्ला सभापति यादवले दाबी गरे । बाह्रखरीसँगको टेलिफोन कुराकानीमा उनले भने, “आज (सोमबार) पार्टीको कुनै आन्दोलन कार्यक्रम छैन । हामी संयमित छौं । आ–आफ्नो घरमा बसिरहेका छौं ।”

उनले कांग्रेसले कानुनी राज्यमा विश्वास राख्ने भन्दै सांसद आलमलाई जोडिएको घटनाको निष्पक्ष छानविन गरिनुपर्ने माग गरे । सभापति यादवले कांग्रेससँग प्रतिशोध साँध्न सांसद आलमलाई पक्राउ गरेकोसमेत दाबी गरे । “यो धेरै पुरानो मुद्दा हो । हामी सुनिरहेका छौं, सरकारले रिभेन्जका रुपमा लिएको छ,” उनले भने, “कांग्रेसको मनोबल गिराउन उसले अलमलाई पक्राउ गरेको हो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -