जापान, १७ असोज २०७६ । सामाजिक अभियान्ता गोविन्द क्षेत्रीको अगुवाइमा दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेलको लागी जापानदेखी रु २,४२,०१०।- अक्षरुपी दुई लाख बयालिस हजार दश रुपैया संकलन गरेर समाजसेवी केशर गिरीको हातमा हस्तान्तरण गरी नेपाल पठाइएको छ ।
वरेङ गाउपालिका -३ वाटाकाचौर निवासी दुवै मृगौला पिडित विष्णु प्रसाद पौडेल विगत १२ बर्षदेखि जीवन र मृत्युसंग लड्दैआइरहनु भएको छ ।उहाँलाई नयाँ जीवन दिनको लागी विगत लामो समयदेखि सामाजिक सेवामा लागि पर्नु भएका गोविन्द क्षेत्रीको अगुवाइमा जापान लगायत विश्व भरबाट आर्थिक रकम संकलन गरिएको थियो ।
उपचारका लागि आर्थिक रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता गोविन्द क्षेत्रीले सहयोग गर्ने सम्पुर्ण सहयोगीदातालाई धन्यावाद दिनु हुदै तपाई हाम्रो सानो प्रयासले गर्दा पिडितको उपचारमा ठुलो सहयोग पुग्ने र निरन्तर रुपमा आफु सामाजिक कार्यमा नै लागीरहने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।









































