काठमाडौँ, १२ असोज २०७५ । नेपाली कांग्रेसका नेता गगन थापाले भोली तपाईको मुख बन्द गर्दा बोल्दिने कोही बॉंकी हुनेछैनन भनी अभिब्यक्ति दिएका छन ।
नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुकमा पोष्ट गर्दे भनेका छन् :
“अस्ति प्रेसमाथि आक्रमण हुँदा यो पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाही माथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजाल माथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला । जर्मन विद्वान् Niemöller ले भनेझैं भोली तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बांकी हुनेछैन ।”

आज तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका थिए ।
यसरी क्रमिक रुपमा सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।








































