Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:२२ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका युवा नेताहरुले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको भर्त्सना : कुन नेताले के भने ?

प्रकाशित मिति: २०७६ असोज १२, आइतबार

834
Shares

काठमाडौं, १२ असोज २०७६ । नेपाली कांग्रेसका युवा नेताहरुले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको भर्त्सना गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरुले कुटपिट गरेर विचार बन्द गर्न नसकिने स्मरण गराएका छन् ।

शनिबार चितवनको भरतपुरस्थित चोबिसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम सम्बोधनका लागि जाँदै गर्दा शाहीमाथि आक्रमण भएको थियो । स्थानीय ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि आक्रमण गर्नेहरुको पहिचान नखुले पनि कांग्रेसका युवा नेताहरुले उनीमाथि सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नै आक्रमण गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

केही समयअगाडि बाँकेको नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज उड्न ढिलाइ भएपछि शाही मन्त्रीविरूद्ध खनिएका थिए । त्यसलगत्तै उनले आफ्नो फेसबुक वालमा मन्त्रीलाई ‘वैचारिक रामधुलाइ’ गरेको लेखेका थिए । त्यसको भोलिपल्ट उनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका नेता–कार्यकर्ताहरुले पत्रकारको भेषमा प्रवेश गरेर हातपातको प्रयास गरेका थिए ।

जसका कारण पनि कांग्रेसका युवा नेताहरुले शाहीमाथि नेकपाकै कार्यकर्ताहरुले चितवनमा आक्रमण गरेको दाबी गरिरहेका छन् । शाहीमाथि भएको आक्रमणपछि कांग्रेस प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् सरकार पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।

उनले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई रगत–पसिना बगाएर बहुमत दिलाएका कार्यकर्ताको निधारमा ‘मण्डलेकरणको कालो’ पोत्ने कर्म किन गराइँदैछ ? भनेर प्रश्न गरेका छन् । “लोकतन्त्रका लागि मण्डले विचार र मण्डले चरित्र कुन घातक ? रगत–पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताको निधारमा मण्डलेकरणको कालो पोत्ने कर्म किन गराइँदैछ ?” प्रवक्ता शर्माले लेखेका छन्, “शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न किन खोजिँदै छ @PM_Nepal ?”

कांग्रेस नेता डा। रामशरण महतले ट्विट गर्दै फरक मत राखेर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेमाथि गुन्डागिरी गर्दै पिट्ने, लखेट्नेहरू भर्त्सनाका पात्र भएको बताएका छन् । त्यस्तामाथि कानुनी कारबाही हुनुपर्ने माग उनले गरेका छन् ।

कांग्रेसका युवा नेता गगन थापाले शाहीमाथि आक्रमण गर्नेहरुलाई ‘विचरा’ को संज्ञा दिएका छन् । उनले सत्तारुढ नेकपाका शीर्ष नेताहरुको नाम उल्लेख नगरिकनै आक्रमणका लागि कार्यकर्ता उक्साउनेहरुसँग हिसाबकिताब माग्नुपर्ने पनि बताएका छन् । “ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी  हुन् । अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,” नेता थापाले ट्विट गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलाबेलामा सरकारको विरोध गर्नेहरु विरुद्ध प्रतिकारमा उत्रिन दिने गरेको निर्देशन स्मरण गर्दै थापाले कार्यकर्तालाई आक्रमणका लागि उनीहरुले नै उक्साएको आशय व्यक्त गरेका छन् ।

कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुलाई अरिँगालको संज्ञा दिँदै कुटेर कसैको आवाज बन्द गर्ननसकिने कुरा ख्याल गर्न उनीहरुलाई सुझाएका छन् । शाहीको विचारसँग असहमत हुन पाइए पनि उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न नपाइने उनको भनाइ छ ।

नेता पौडेलले ट्विट गर्दै चेतावनीपूर्ण भाषामा भनेका छन्, “चाहे जुनसुकै बाहानामा होस्, कसैले कसैको पनि स्वतन्त्र रूपमा विचार राख्न पाउने अधिकारलाई हनन् गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन, अंरिगालहरूलाई ख्याल होस् ।”

यस्तै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि जनतालाई शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकार भए पनि सरकारले विरोध गर्ने मौका नै दिन नहुनेमा जोड दिँदै विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन नसक्ने प्रष्ट्याएका छन् । “शान्तिपूर्ण विरोध गर्ने अधिकार जनताको हो । तर विरोध गर्ने मौका सरकारले दिनु हुँदैन । विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन सक्दैन तसर्थ भिजलान्ते सतर्क बन,” उनले नेकपाका कार्यकर्तालाई सुझाव दिएका छन् ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङले शाहीले गलत काम गरेको भए कानुनी कारवाही गर्न सरकारलाई सुझाव दिएका छन् । “चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको खबर आएछ । शाहीले कुनै गलत काम गरेको भए कानुनी कारवाही गर्नुपर्छ तर संविधानको धारा १७ को उपधारा २ (क) ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक अन्त भएकै हो, @hello_sarkar ?,” उनले ट्विटरमार्फत् सरकारलाई प्रश्न गर्दै भनेका छन्, “यो एकजना व्यक्ति पिटिएको भन्दा संविधान कुल्चिएको विषय गम्भिर छ ।”

नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले पनि ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको निन्दा गर्दै कम्युनिस्ट शासन आएपछि रुन पनि पाइन्न हाँस्न पनि पाइन्न भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको कुराप्रति इंगिग गर्दै सो कुरा सत्य हुँदै गएको टिप्पणी गरेका छन् । महरले भनेका छन्, “कम्युनिस्ट आयो भने रुन पनि पाइन्न, हाँस्न पनि पाइन्न भनेको सत्य हुँदैछ । सन्दर्भः चीतवनमा ज्ञानेन्द्र शाहीमाथिको आक्रमण ।”

शाहीमाथि भएको आक्रमणको सत्तासाझेदार दल समाजवादी पार्टी, नेपालका अध्यक्ष डा। बाबराम भट्टराईले समेत विरोध गरेका छन् । उनले पञ्चायतकालमा मण्डलेहरुले लोकतन्त्रवादीमाथि कुटपिट गरे जसरी अहिले लोकतन्त्रवादीले फरक विचार भएकामाथि कुटपिट गर्न नमिल्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्नेमा जोड दिएका छन् ।

“हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन । लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ । निरंकुशता तथा फासीवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो । के हाम्रा कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?,” उनले ट्विटरमा प्रश्न गरेका छन् ।

यस्तै राजतन्त्रको पक्षमा वकालत गर्दै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पनि शाहीमाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाहीको माग राख्दै ट्विट गरेका छन्, “भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको सांघातिक आक्रमणको भर्त्सना गर्दछु । यो आक्रमण प्रजातान्त्रिक अधिकारविरुद्ध प्रहार हो । कानुनी राज्यको उपहास हो । दोषीहरुलाई अविलम्ब कानुनी कारवाही गरियोस् ।” बाह्रखरीबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -