काठमाडौं, १२ असोज २०७६ । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।
थापाले अघि भने ‘सरकार कानुन बनाएर स्वतन्त्रता खोस्दैछ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’ शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो ।








































