Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
५:५७:०१ बिहान
- ADVERTISEMENT -

नेपाल स्रष्टा समाजद्वारा महेश पौड्याल र  घनश्याम कँडेल सम्मानित

प्रकाशित मिति: २०७६ असोज १२, आइतबार

1240
Shares

काठमाडौँ, १२ असोज २०७६ । नेपाल स्रष्टा समाजले आफ्नो बाह्रौँ साधारण सभाको अवसर पारेर घनश्याम कँडेल र महेश पौड्याललाई काठमाडाँैमा सम्मान गरेको छ ।

यस वर्षको सुभद्राविश्वराज स्रष्टासम्मानबाट घनश्याम कँडेल सम्मानित भए भने प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान महेश पौडेललाई दिइयो । यी दुई पुरस्कारको राशी क्रमशः पन्ध्र हजार एक सय एघार र एघार हजार एक सय एघार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले घनश्यामका रचनाले समाजमा चेतना छर्न सहयोग गरेको बताए । उनले संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र छनोट गरेका कारण संस्था नै सम्मानित भएको बताए ।  उनले नेपाल स्रष्टा समाजबाट प्रकाशन भएको स्रष्टा दर्पणको पच्चीसौँ अङ्कको विमोचन समेत गरेका थिए । समाजले नेपाली मौलिक रचनालाई विश्वबजारमा लैजाने विशिष्ट कार्य गरेको भन्दै संस्थाको प्रशंसा पनि गरे ।

संस्थाका संरक्षक पवन आलोकले भने, नेपाल स्रष्टा समाजले निरन्तर साहित्यिक गतिविधिमा संलग्न हुँदै देश भित्र र देश बाहिरका रहेका स्रष्टालाई जोड्ने पुलको काम गरेको छ । सम्मानित स्रष्टाको परिचय दिँदै गोविन्दमानसिँह कार्कीले उपयुक्त पात्र चयन भएकोमा सन्तुष्टि व्यक्त गरे ।

सम्मानित स्रष्टा महेश पौडेलले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताए । मानिसले आफ्ना हरेक क्षणलाई कला, चिन्तन र साहित्यसँग जोड्नु पर्ने उनको भनाइ थियो । हाल नेपाली साहित्य भीडभाड, असन्तुष्टि, अस्तव्यस्तबाट शब्द टिपेर कलाको लेपन लगाउनु पर्ने अवस्थामा रहेको भन्दै दुःख व्यक्त गरे । उनले राजनीतिलाई समातेर राष्ट्रको भावना निर्माण हुन नसक्ने बरु त्यस्तो भावना कला, साहित्यले निर्माण गर्ने बताए । कार्यक्रममा बोल्दै कथाकार माया ठकुरीले युवाबाटै धेरै कुरा सिक्न सकिने बताइन् ।

उक्त कार्यक्रममा संस्थाका महासचिव पुष्पा खनालले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् भने नबराज अवदोषीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सभापतिको आसनबाट बोल्दै कवि विधान आचार्यले नेपाल स्रष्टा समाजले नेपाली साहित्यलाई विश्वबजारमा लैजान बङ्गलादेश, स्वीडेन, डेनमार्क, भारत, चीन लगायतका राष्ट्रसँग सहकार्य भइरहेको बताए । उनले मातृभाष र नेपाली भाषाका साहित्यिक रचनालाई अङ्ग्रेजी भाषमा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने तर्फ संस्था क्रियाशील रहेको उल्लेख गरे ।

उनले नेपाली सांस्कृतिक सम्पदामाथि साहित्यिक सिर्जना गरिनुपर्ने महत्वपूर्ण प्रस्ताव समेत पेश गरेका थिए । कार्यक्रममा श्रीओम रोदन, नरेन्द्र बहादुर श्रेष्ठ, रमेश शुभेच्छुक, बिन्दु शर्मा, नेत्र एटम, चेतनाथ कँडेल, जानु धिताल, पुष्करराज भट्ट, रश्मि रिमाल, तर्कना शर्मा, रञ्जना निरौला लगायतका कवि, लेखकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सदस्य लेखजङ्ग खत्रीले सञ्चालन गरेका थिए ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -