गोरखा, १२ असोज २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङमा शनिबार एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरदान हस्पीटल गोरखा र वडा कार्यालयको संयुक्त आयोजनामा भएको शिविरमा ४ सय ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा महिलाहरुको पाठेघर, अन्य बिरामीहरुको फोक्सो कलेजो, आँखा, व्लडपे्रसर जाँच लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा उपचार सेवा लिएका मध्ये १ सय ३० जनाले भिडियो एक्सरे लिएका छन् भने ४९ जनाको निशुल्क दन्त परीक्षण गरिएको स्थानिय बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी, शिविरमा ५ जना गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा १ सय ८० जनाको व्लड गु्रपिङ गरिएको छ । शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डाक्टर प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
शिविरको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बरदान हस्पीटल गोरखाका सञ्चालक समितिका सचिव ओम बहादुर श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।









































