Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२४ बिहान
- ADVERTISEMENT -

कास्की २ को उप-निर्वाचन नजिकिँदै गर्दा सांसदमा उठ्ने आकांक्षीहरुको चर्चा परिचर्चा सुरु

प्रकाशित मिति: २०७६ असोज ११, शनिबार

1084
Shares

कास्की, ११ असोज २०७६ । कास्की २ को उपनिर्वाचन नजिकिँदै गर्दा सांसदमा उठ्ने आकांक्षीहरुको चर्चा परिचर्चा सुरु हुन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता बामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरबीच उम्मेदवार बन्ने होडबाजी सुरु भएको छ । त्यस्तै नेपाली कांग्रेसमा पनि उम्मेदवार बन्ने नेताहरुको लर्को नै लागेको छ ।

नेकपाभित्र तत्कालिन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपनि यो क्षेत्र रिक्त रहन पुगेको थियो । यससँगै यस क्षेत्रमा अधिकारीकी श्रीमती विद्या भट्टराईलाई नेकपाले उम्मेदवारको रुपमा अघि सार्ने प्रवल सम्भावना देखिएको छ ।

त्यसोत भट्टराईसँगै नेकपाका पूराना नेता सोमनाथ प्यासीको नाम पनि चर्चामा छ । त्यसैगरी पूर्व सांसद तुलबहादुर गुरुङ र धनराज आचार्यको नामपनि चर्चामा छ । तर, भट्टराईलाई अघि सार्दा सहजै जित्न सकिने आकलन स्थानीय नेताहरुको रहेको छ । भट्टराईलाई सहानुभूतिको मत प्राप्त हुने नेताहरुको ठम्याइ रहेको हुँदा भट्टराई नै उम्मेदवार हुन सक्ने बताइन्छ ।

उता कांग्रेसमा गएको निर्वाचनमा स्याङ्जाबाट उम्मेदवार बनी पराजित भएका धनराज गुरुङ र देवराज चालिसेको नाम चर्चाको शिखरमा छ । त्यसोत कांग्रेसबाट सोभियतबहादुर अधिकारी, कृष्ण केसी, शारदा पौडेल, गुरु बराल, वीरेन्द्र विजुक्छे, कृष्ण कार्की र विजयराज आचार्यको नाम पनि चर्चामा छ ।

नेपाली कांग्रेसले सरकारको शैलिबाट जनतामा असन्तुष्टि बढेको निष्कर्ष निकाल्दै कास्कीमा कांग्रेसलाई विजयी बनाउन सहज हुने देखेपछि उम्मेदवारहरुको संख्या पनि बढेको छ ।

त्यसैगरी बामदेव गौतम उठ्दा आफू पनि उम्मेदवार बन्ने बताएका साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीबाट रजनी केसीलाई अघि सार्ने संकेत गरेका छन् । यही संकेत स्वरुप मिश्रले केसीलाई केही दिनअघि मात्र पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

केसीलाई केन्द्रीय नेताको रुपमा हाइट बनाउन केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइएको छ । लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशिल केसी कुशल वक्ता र सामाजिक अभियान कर्ताका रुपमा कास्कीमा परिचित छन् । यसैलाई आधार बनाएर साझा पार्टीले केसीलाई अघि सार्ने चर्चा पोखरामा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -