गोरखा, १० असोज २०७६ । गोरखाको भालुमारे चित्रेमा “बडादशैँ बृहत सांस्कृतिक कार्यक्रम” साथै बालेश्वरी मन्दिर उद्धघाटन हुने भएको छ ।
सिरानचोक गाउँपालिका वडा न ५ मा रहेको बालेश्वरी युवा क्लबको आयोजनामा नेपालीहरुको महान् चाड विजया दशमीको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ख्याति प्राप्त तथा स्थानीय कलाकारहरु राजु परियार, रञ्जित परियार, चिजा तामाङ्ग, नारायण ढकाल, सुमित्रा तामाङ्ग, बिष्णु खतिवडा, शिला गुरुङ, गौतम पोखरेल, आयुस्मा भट्ट लागायत अन्य स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
बृहत सांस्कृतिक कार्यक्रम यहि असोज १९ गते आइतबार महाअष्टमीका दिन बिहान ११ बजेदेखि सुरु हुनेछ ।








































