काठमाण्डौँ, ८ असोज २०७६ । नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शी जिनपिङ विचारधारा चीनीया कम्युनिष्ट पार्टीको भएको तर नेपालको नभएको स्पष्ट पारेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार रहेको तर नक्कल नगर्ने बताएका हुन् ।
उनले ट्विटरमा भनेका छन् ‘शी जिनपिङ्ग विचारधारा चीनीया कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तको महत्वपूर्ण हिस्सा हो, हाम्रो होइन । हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौँ। यसमा कुनै पनि दोधारमा पर्नु जरुरी छैन।’








































