अमेरिका, ८ असोज २०७६ । “गोरखा अमेरिका सम्पर्क समिति” ले नजिकिदै गरेको नेपालीहरुको महान चाडको पुर्बसन्ध्यमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दे भनिएको छ। आदरणिय वे एरिया लगायत (Northern California) मा बसोबास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा, आउदै गरेको विजया दशमी २०७६ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
कार्यक्रममा वे एरियामा रहनु भएका सम्पुर्ण नेपालीहरु उपस्थित भई शुभकामना आदनप्रदान र भरपुर मनोरन्जन लिनुहुन “गोरखा अमेरिका सम्पर्क समिति” बिनम्र अनुरोध गरेको छ ।
प्रचार प्रसार कमिटिका सदस्य सोम भट्टका अनुसार कार्यक्रममा कुनै पनि शुल्क बिना विभिन्न् किसिमका नेपाली परिकार लगाएत Cocktail Dinner र DJ को पनि ब्यबस्था गरिएको जनाईएको छ ।
उक्त कार्यक्रम सेप्टेम्बर २९ तारिख, आइतबारका दिन साझ ५ बजे ZAIQA INDIAN- PAKISTANI CUISINE 848 Willow Ave, Hercules CA 94547 हुने आयोजकले जनाएको छ ।








































