Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५९:४४ बिहान
- ADVERTISEMENT -

केन्द्रीकृत मानसिकता त्याग्न उप-सभापति विमलेन्द्र निधिको आग्रह

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

855
Shares

धनुषा, ७ असोज २०७६ । नेपाली काङ्ग्रेसका उप-सभापति विमलेन्द्र निधिले मुलुकमा सङ्घीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाउनुभएको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत आज नगराइनमा आयोजित आमसभामा उहाँले सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको बताउनुभयो । उपसभापति निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि सङ्घीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसकेको बताउनुभयो ।

उहाँले सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत असन्तुष्टि व्यक्त गर्नुभयो । वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाइ थियो । “नेपालमा अब कुनै मधेशवादी पार्टी छैन ।

सबैले आ–आफ्नो दलको नामबाट मधेश शब्द हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी भनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने निधिको धारणा थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -