Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:२२ बिहान
- ADVERTISEMENT -

काँग्रेसको जागरण अभियान अन्तर्गत रत्ननगरमा तरुण भेला तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ असोज ५, आइतबार

654
Shares

रत्ननगर, ५ असोज २०७६ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत तरुण भेला तथा अन्तक्रिया शनिबार रत्ननगरमा सम्पन्न भएको छ ।

उक्त भेलालाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा पूर्व नेपाल बार एसोसियसनका अध्यक्ष प्रेम बहादुर खड्काले नेपाली काँग्रेसको मेहनतले संविधान ल्याएको भन्दै यसलाई जोगाइराख्न कार्यकर्ताहरु जुट्नु पर्ने बेला आएको बताउनुभयो । लोकतान्त्रिक व्यवस्था बचाउन तरुणको भूमिका अपरिहर्य भएको बताउदै उहाँले स्वतन्त्रताको रक्षाका लागि अब हातेमालो गदै अगाडि बड्न सुझाब दिनुभयो ।

कम्युनिष्टको एक तन्त्रिय राज चल्यो भने यसरी खुलेर बोल्न समेत नपाईने भन्दै,अधिनायकबाद लाई परास्त गदै अगाडि बड्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो । यो सरकार बहुमतको सरकार नभएको भन्दै उहाँले देशभरमा कम्युनिष्टको ४७ प्रतिशत मत भएको र काँग्रेसको समानुपातिक ३५ प्रतिशत र प्रत्यक्षमा ३२ प्रतिशत भएको र १० प्रतिशत बढाउन सके नेपाली काँग्रेसकै बहुमत रहने भन्दै बढाउन तर्फ लाग्न आग्रह गर्नूभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य तथा नेपाल तरुण दल चितवनका तरुण दल विभाग प्रमुख प्रलाद सापकोटाले काँग्रेसलाई आगामी निर्बाचनमा पहिलो पार्टी बनाउन तरुण युवाहरुलाई अबसर दिएर काम गर्ने बातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले तरुण दल पार्टीको मेरुदण्ड रहेको भन्दै तरुण युवा हरुलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभयो । उहाँले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न पार्टीले परिणाममुखी कार्यक्रम गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस युवा बर्गको समस्या सामधान गर्दै उनीहरुको भावना बुझेर पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी प्रदेशसभाका उम्मेदवार तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रशाद बुर्लाकोटीले पार्टी चलायमान तथा हरेक क्रान्तिमा तरुणको भूमिका भएको भन्दै देशमा भएको परिबर्तनमा युवाको देन बिर्सन नहुने बताउनुभयो ।

पूर्व राज्य मन्त्री तथा महाधिवेशन प्रतिनिधि साबित्री बोगटीले तरुण शरीरको मुटु भएको भन्दै तरुण बेगर राजनीतिक पार्टीको परिकल्पना बेकार हुने बताउनुभयो । तरुणहरुसंग नैतिक साहस,आत्मविस्वास हुने बताउदै उहाँले तरुण परिचालन गर्नू भनेको भविश्यप्रति आशावादी हुनु हो भन्नुभयो ।

यसैगरी जागरण अभियानका जिल्ला प्रतिनिधि तथा जिल्ला सचिब राजिब न्यौपानेले तरुणको उल्लेख्य साथ र सहयोगले ३३ बटै प्रदेश निर्बाचन क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जोगाउने बिषय सहज हुने बताउनुभयो ।

उहाँले तरुण अनुशासीत र पार्टीको नीति सिद्धान्त र सकारात्मक शन्देस दिनका लागि निर्माण भएको भन्दै युवाहरुबाटै सवै कुराहरु संभब भएको बताउनुभयो । नेकपाले बिभिन्न बाहानामा ब्रहमलुट गरेको भन्दै यसको भन्डाफोर गर्न युवाहरु चनाखो भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा उहाँले २०१५ सालमै नेपाली काँग्रेसले समावेसी मन्त्री मण्डल गठन गरेको भन्दै यतिबेला नेकपाले समाबेशीको कुरा बल्ल थालेकोमा आक्रोस पोख्नुभयो ।

कार्यक्रममा पूर्व मन्त्री सावित्री बोगटी पाठक,जिल्ला सदस्यहरु हरिहर सुवेदी,कमला श्रेष्ठ,दिवाकर अर्याल,रत्ननगर नगर सभापति रुपनराज घिमिरे,तरुण दल क्षेत्रीय सभापति बुद्धिमान गुरुङ,दरुण दल जिल्ला सहसंयोजक दीपक पौडेल,तरुण दल नगर सभापति राजु तामाङ, पार्टीका क्षेत्रीय सचिव दण्डपानी लामिछाने लगायतले मन्तव्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -